बाँकेमा ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ

बाँके , बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा नरेश चमारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आफ्नी श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लगत्तै नर्सिंङ होम नेपालगञ्जमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको जनाकारी पाएलगत्तै घटनस्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।