सुनको मुल्य पुनः ओरालो

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।