भट्टीमा महिला

कविता

 

मनमा आगाे दनदनी बलेपछि
छट्पटीले बहुलाएर
भट्टी आएकी हुँ हजुर
प्रेमीले प्रेममा अबिश्वास घाेले पछि
आफै घिसारिदैआएकी हु
साहु जि मलाई
छिटाे मात चढ्ने एक गिलास रक्सी दिनाेस्

भाे साहु जि
आश्चार्य मान्नु पर्दैन
त्यसरी डराएर हेर्नु पर्दैन
बस सबै पिडा भुल्ने प्याला दिनुहाेस
जसलाई निलेपछि म पनि
भुल्न सकु प्रेमी
जसरी पुरुषले भुलिदिन्छ
रक्सीकाे नसामा आफ्नी स्वास्नी, प्रेमीका, र जिम्मेवारीहरु
हाे त्यसै गरि भुल्न सकु
साहु जि मलाई
एक गिलास रक्सी दिनुस् ।

रक्सीको नसामा चुर्लुमम डुबेर
हिजाे हर्केले खुब पिट्याे उस्की स्वास्नी
लात्तै लात्ताले भकुरेर
हल न चल भएर बसेकि थिई उ
साहु जि
मलाई हर्केले पिउने रक्सी दिनु
ता कि खुकुरी लिएर
म पनि पैठेजाेरी खेल्न सकु नियति सँग
मलाई भाच्नु छ
नियतिकाे हात खुट्टा
साहु जि मलाई एक गिलास रक्सी दिनुस् ।

हाे माफ गर्नु
हिजाे यहि बाटाे हिड्दा
रक्सीको गन्ध नमिठाे मानेर मुख खुम्च्याउथे
आज मलाई रक्सी पिएर
मन खुम्च्याउनु छ
त्यसैले मलाई एकै छिन पुरुष बन्न दिनु
ताकि म पनि पिउन सकु
सबै कुरा भुल्न सकु
साहु जि
मलाई चाडैं एक गिलास रक्सी दिनुस

मात्नु छ रक्सीले
बेहाेस तालले
नमाते सम्म लाज हुन्छ
मलाई मात्नु छ बेहाेसी तालले
त्यसैले
साहु जि एक गिलास रक्सी दिनुस

भन्नेले जे सुकै भनुन
आईमाई बिग्री भनुन
आईमाई भईर नि भट्टी जान्छे
त्याे आईमाई रहिन भनुन
मलाई केहि फरक पर्दैन
साहु जि,
मलाई एक गिलास रक्सी दिनुस् ।

नवलपरासी बर्दघाट पुर्व नवलपुर कावासाेती