मान्छेहरुको सोच विचार वडो अजिव लाग्छ

गजल

मान्छेहरुको सोच विचार वडो अजिव लाग्छ
चल्नु पर्ने समय अनुसार वडो अजिव लाग्छ ।

आगो लगाउनुहोस् या हतौडाले पिट्नुहोस
बद्लिदैन मनको आकार बडो अजिव लाग्छ ।

जिवनजल नपाएर कैयु मरिरेह छन् कर्णलीमा
सुस्कुराईरहेछ सिंहदरबार बडो अजिव लाग्छ ।

राजतन्त्र होस् या गणतन्त्र होस् मेरो देशमा
सधैँ मलिन कर्णलीको मुहार बडो अजिव लाग्छ ।

अदानचुली ¬३ हुम्ला