विश्वविद्यालय तहको विद्यार्थी मूल्याङ्कन प्रणालीको वर्तमान अवस्था

त्रिभुवन विश्वविद्यालयअन्ने विश्वविद्यालयले केहि वर्ष अघिदेखिस्नातक र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेसँगै हजारौं विद्यार्थीेहरु पढ्नबाट वञ्चित भएका छन्। अनिवार्यरूपमा हाजिरी हुनुपर्ने प्रावधान ल्याएसँगै कक्षा ११ र १२ एवम् स्नातक तह उत्तीर्ण भएका विद्यार्थीेहरु जागिरका कारण पढ्न पाएका छैनन्। विभिन्न विश्वविद्यालयले देशभरका क्याम्पसमा यस वर्षदेखि सेमेस्टर प्रणाली लागू गरे पनि सोचे अनुरूप सफल हुन सकेको छैन। सेमेस्टर प्रणाली अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै विद्यार्थीेहरुको गुनासो बढेको देखिन्छ। विद्यार्थीेहरुको गुणात्मक क्षमता बढाउन रविद्यार्थीेहरु केन्द्रित शिक्षण प्रणाली लागू गरे पनि कार्यान्वयनमा चुनौती देखिएको छ। जसले गर्दा विद्यार्थीेहरु पुरानै पाठ्यक्रम अध्ययन गर्न बाध्य भएका छन्। विद्यार्थीेहरुले सेमेस्टर प्रणालीमा अध्ययन गरे पनि यो प्रणाली वार्षिक परीक्षा प्रणालीभन्दा त्यति धेरै तात्त्विक अन्तर नभएको गुनासो गरेको छ।

विद्यार्थीेहरुले सेमेस्टर प्रणालीलाई व्यावहारिक बनाउन क्याम्पस प्रशासन नै जिम्मेबार हुनुपर्ने बताउँछन्। गत वैशाखमा पहिलो सेमेस्टरमा विद्यार्थीेहरु लाई भर्ना गरिए पनि उपयुक्त भौतिक संरचना र कतिपय विषय प्राध्यापकको खेलाँचीका कारण सेमेस्टर प्रणाली द्रुत गतिमा अघि बढ्न नसकेको हो। सेमेस्टरमा प्रत्येक शैक्षिक सत्रको ६–६ महिनामा परीक्षा लिइनुपर्ने, प्रत्येक पाठ सकिएपश्चात् विद्यार्थीेहरु केन्द्रित क्रियाकलाप हुनुपर्ने, विद्यार्थीेहरु केन्द्रित विधि अनिवार्य अवलम्बन गरिनुपर्नेलगायतका प्रावधान राखिएको छ। कक्षाकोठामा हाजिरी लिने सिस्टम लागू भए पनि त्यो वैज्ञानिक र उपलब्धिमूलक बन्न सकेको छैन। सेमेस्टरमा पढाइ हुने कुल दिनको ८० प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था छ। विद्यार्थीेहरुको गुणात्मक क्षमता बढाउन र विद्यार्थीेहरु केन्द्रित शिक्षण पद्धतिको धारणा विकास गरेर अन्तर्राष्ट्रिय बजारमा बिकाउ शिक्षा प्रदान गर्न भनी सेमेस्टर प्रणाली लागू गरे पनि कार्यान्वयनमा चुनौती देखिएको छ।

यसरी किसेमेस्टर सिस्टम नयाँ मानिए पनि पद्ति परम्परागत नै रहेको देखिएको छ। सेमेस्टरमा प्रत्येक ६–६ महिनामा परीक्षा हुनुपर्ने, पाठ्यक्रम समयानुकूल हुनुपर्ने, दैनिक हाजिर हुनुपर्ने,विद्यार्थीेहरु विद्यार्थीेहरु लाई असाइनमेन्ट दिनुपर्ने, भौतिक पूर्वाधार उपयुक्त हुनुपर्ने प्रावधान रहे पनि अधिकांश लागू हुन सकेको छैन। जसले गर्दा हजारौं विद्यार्थी अन्योलमा परेका छन्। केही प्राध्यापकले विद्यार्थीेहरु विद्यार्थीेहरु लाई नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको पुस्तकको विषयमा समेत अंग्रेजी माध्यमबाटै परीक्षा दिन दबाब दिएका छन्।विद्यार्थीेहरु भने आफूहरूले नेपाली माध्यमबाट परीक्षा दिनु आफ्नो मौलिक हक रहेको बताउँछन्। सेमेस्टर सिस्टमलाई सोचेअनुरूप बनाउन प्रत्येक क्याम्पसले छुट्टै योजना बनाउन आवश्यक रहेको विद्यार्थीको तर्क छ। विद्यार्थीेहरु संगठनहरूले सेमेस्टर प्रणालीमा विभिन्न विश्वविद्यालयका पदाधिकारीका कारण असफल भएको बताउँछन्।

भौतिक संरचना, परिमार्जित पाठ्यक्रमलगायतका तयारीबिना विभिन्नविश्वविद्याालयले जसरी सेमेस्टर प्रणाली लागू गरेका छन् । जसले गर्दा विद्यार्थीेहरुकोभविष्यमाथि खेलवाड गरेको पाईन्छ । अहिले त्रिविमा राजनीतिशास्त्र, भूगोल, इतिहासलगायतका विषयमा विद्यार्थीेहरुको संख्या निकै कम छ। वार्षिक परीक्षा प्रणालीको अझै झन्झट हट्न नसक्दा केही चुनौती देखिएका छन्। चुनौती छिचोल्दै जाने हो। विश्वविद्यालय नै यस्तै छ। विस्तारै सुधार होला।

विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिए पनि पूर्वाधारमा ध्यान नदिएको विद्यार्थीेहरु संगठनको आरोप छ। आंगिक क्याम्पसहरूमा भौतिक पूर्वाधारको अवस्था र मानवीय स्रोतको प्रयाप्त व्यवस्था भए नभएको बारे ध्यान नदिएकाले पूर्वाधारमा जोड दिन आवश्यक रहेको छ । विश्वविद्यालयलेदेशभरि नै लागू गरेको सेमेस्टर प्रणालीका कारण विद्यार्थीेहरु को उपस्थिति नभएको देखिएको छ। ‘धेरै विद्यार्थीेहरु सानातिना जागिर खाएरै पढ्छन्। सेमेस्टर प्रणाली नहुँदा भर्ना गरेर नियमित कक्षामा नआए पनि फरक पर्दैन थियो। तर, यो प्रणालीमा हरेक विद्यार्थीको ८० प्रतिशत उपस्थिति अनिवार्य भएका कारण विद्यार्थीेहरु संकायमा गिरावट आएको हो।’ सेमेस्टर प्रणालीमा अन्तरक्रियात्मक, अनुसन्धानत्मक, सहमागीयत्मक र ८० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था भएकाले थोरै विद्यार्थीेहरु लाई धेरै शिक्षकको आवश्यकता हुन्छ तर त्यसको व्यवस्थापन गर्न विश्वविद्यालयले ध्यान दिन नसकेको बताइएको छ

सेमेस्टर प्रणालीमा आउन नसकेका विद्यार्थीेहरु लाई कुनै न कुनै रूपमा समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो। सेमेस्टर प्रणालीको बारेमा धेरै विद्यार्थीेहरुले नबुझेको बताउँछन्। २०२८–०३२ सालमा नेपालमा सेमेस्टर प्रणाली लागू भएको थियो। त्यसबेला सफल हुन नसकेपछि २०३६ सालमा भएको विद्यार्थीेहरु आन्दोलनको कारण वार्षिक प्रणाली नै लागू भएको थियो। अहिले राजनीतिशास्त्र, भूगोल, इतिहास लगायतका विषयमा विद्यार्थीेहरु संख्या निकै कम छ। सेमेस्टर चलेपछि त विद्यार्थीेहरु आकर्षित हुनुपर्ने होइन र रु ‘सेमेस्टर प्रणाली लागू भए पनि कहिलेबाट परीक्षा गराउने भन्नेबारे त्रिभुवन विश्वविद्यालय नै जानकार छैन। ‘पाठ्यक्रम हतारहतारमा बनाइयो। शैक्षिक क्यालेन्डर पुससम्म बनाउँछौं। वार्षिक परीक्षा प्रणालीको अझै झन्झट हट्न नसक्दा केही चुनौती देखिएका छन्।’

आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत विभिन्न विश्वविद्यालयले आफुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रमाणित गराई विश्वविद्यालयमा पहिचान गराउने जिम्मेवारी थपीएको छ । वर्तमान विज्ञान, प्रविधी एवम् सूचनायुक्त आधुनिक समाजलाई उच्च शिक्षामा लैजान, समाजलाई सुधारगरी चेतना प्रदान गर्ने जिम्मेवारी छ । विश्वविद्यालयका शैक्षिक कार्यक्रमले देशको विकासका लागि आवश्यक पर्ने साधारण देखि प्राविधिक क्षेत्रका जनशक्ति उत्पादन गर्नुका साथै समाज उपयोगी नविनतम खोज तथा अनुसन्धानका कार्यहरु निरन्तर गरिरहेको छ । राज्यले शिक्षा क्षेत्रको लगानीलाई तत्काल के फाइदा र के बेफाइदा हुन्छ भनेर नतिजा हेर्ने भन्दापनि शिक्षित जनशक्तिलाई मानव संसाधनको रुपमा हेिरनु पर्दछ । यसले दिर्घकालिन रुपमा समग्र देशविकासको सूचकलाई सकारात्मक बाटोमा लैजान्छ ।

विदेशमा गएर अध्ययन गरेका अध्ययन गरेका तथा अन्ने केहि विश्वविधालयमा अध्ययन गरेको बाहेक अधिकांस जनशक्ति सेमेष्टर बारेमा अनभिज्ञ छन् । शिक्षक एवम् क्याम्पसका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिनु आवश्यक तथा अनिवार्यता छ । हाल सेमेष्टर भनिएतापनि पाठ्यक्रम, प्राध्यापन तथा मूल्याङ्क विधि वार्षिक परीक्षा प्रणाली भन्दा निकै फरक छ । सेमेष्टर के हो रु कार्यक्रम किन आवश्यक छ रु क्रेडिटआवर के हो रु गे्रडीङ् प्रणाली के हो रु पाठ्यक्रम कस्तो हुनु पर्दछ । त्भचm एबउभच कसरी लेखाउने रु प्रस्तुतीकरण कसरी गराउने रु शोधकार्य कसरी गराउने रु प्रश्नपत्र कस्तो हुनुपर्दछ रु प्रश्नपत्रको मोडरेशन कसरी गर्ने रु संपरीक्षण कसरी गर्ने रु आदि विषयको स्पष्ट खाका नै सेमेष्टर प्रणाली शिक्षण हो । शैक्षिक प्रणालीको मर्म अनुसार सञ्चालित हुने हो भने सेमेष्टर प्रणालीलाई धेरै तरिकाबाट उत्तम मान्न सकिन्छ ।

नियमित गृहकार्य, आन्तरीक परीक्षा, कक्षाकार्य, नियमित हाजिरी रेकर्ड, समय–समयको एकाई, मासिक एवम् आन्तरीक परीक्षाको कारणविद्यार्थीेहरु अध्ययन कार्यमा व्यस्त रहने, खोज अनुसन्धान गर्ने, प्राध्यापक तथा विद्यार्थीहरु विच प्रत्येक दिन अन्र्तक्रिया हुने तथा विद्यार्थीेहरुको नियमितता नै सेमेष्टर प्रणाली हो ।

प्राध्यापक संगसंगै र सधै सिक्ने सुनौलो मौका प्राप्त गर्ने, विद्यार्थीेहरुको नियमित रुपमा मूल्याङ्कन हुने वातावरणले गर्दा विद्यार्थीेहरु अनुशासित र सधैं पढाईमा अहोरात्र रहने गर्दछन् । किनकी वार्षिक परीक्षामा जस्तो वर्षभरीको पढाई गरी वर्षको अन्तमा एकैपटक परीक्षाको बोझ बोक्ने वातावरण हुदैन । पाठ्यक्रममा क्रेडिटआवर उल्लेख गरिने भएकाले तोकिए अनुसारको क्रेडिट पूरागर्नुपर्ने अवस्था रहन्छ । सेमेष्टर प्रणालीमा ६ महिनाको एक शैक्षिकसत्र हुन्छ भने वार्षिक परीक्षामा १२ महिनाको हुन्छ । यस प्रणालीको सैद्धान्तिक अवधारणाको कुरागर्दा ६ महिनामा भर्ना, पढाई एवम् आन्तरीक, तथा बाह्य परीक्षाको परीणाम सम्मका कामहरु सकेर सातौं महिनामा अर्को सेमेष्टरको सुरुवात हुने काम हुन्छ । यस प्रणालीमा साधारण विषयहरुमा ४० प्रतिशत आन्तरीक मूल्याङ्कन गरिन्छ भने ६० प्रतिशत छ भने प्राविधिक तर्फ ५० प्रतिशत आन्तरीक र ५० प्रतिशत बाह्य मूल्याङ्न गर्ने प्रावधान छ । जसबाट विद्यार्थीेहरुमा सुधारात्मक, उपचारात्मक एवम् निदानात्मक मूल्याङ्कन प्रक्रियाहरु अवलम्बन गरी निर्णयात्मक मूल्याङ्कनमा महत्वपूर्ण फाइदा पुग्दछ ।

प्रवेश परीक्षा र भर्ना

सेमेष्टर प्रणालीमा वर्षमा एकपटक नयाँ विद्यार्थीको भर्ना लिइन्छ । यसका लागि सम्बन्धित अध्ययन संस्थान वा संकायले निर्धारण गर्दछ । विश्वविद्यालयको डिन कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुनका लागि विद्यार्थीेहरुकोविद्यार्थीको आधारभूत क्षमता जाँचगर्न प्रवेश परीक्षा लिने गर्दछ । यसको लागि सम्बन्धित क्याम्पसमा गई प्रवेशपरीक्षा अनिवार्य दिने प्रावधान छ । विद्यार्थीेहरुको भर्ना प्रवेश परीक्षाको शैक्षिक विशिष्टताका आधारमा गर्ने व्यवस्था छ । विद्यार्थीको खुल्ला प्रतिस्प्रर्धाका आधारमा असी प्रतिशत र बाँकी वीस प्रतिशत समावेशी कोटाको आधारमा गर्ने प्रावधान छ ।

शैक्षिक कार्यपात्रो

विश्वविद्यालयका विभिन्न संकायहरु शिक्षा, व्यवस्थापन, मानविकी तथा सामाजिक, विज्ञान र प्रविधी हाइड्रो इञ्जिनीयरीङ् जस्ता कैयन संकाय र विषयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गरी सबै संकायको स्नातक भर्ना र स्नातकोत्तर तहको कार्यपात्रो अनुसार रहने प्रावधान छ ।

शैक्षिक भार

स्नातक तहको पाठ्यभार ३ क्रेडिट आवर प्रतिविषय छ । यस प्रणालीमा प्रतिपाठ्य घण्टा बरावर १६ कक्षा घण्टा हुन्छ । अन्तराष्ट्रिय प्रचलन अनुसार एक सेमेष्टर पाठ्यघण्टा भनेको सैद्धान्तिक विषयमा १६ घण्टा लेक्चर र ३२ घण्टा गृहकार्य गरी ४८ घण्टा कार्य र प्रयोगात्मक विषयमा ४८ घण्टा प्रयोगशालामा सुपरिपेक्षण भनी उल्लेख गरिएको छ । एक सेमेष्टर एक विषय ३ पाठ्यघण्टाको हुन्छ । एक प्राध्यापकले दुई सेमेष्टरमा ९ पाठ्यघण्टा कार्यभार लिने प्रावधान छ । यस अनुसार एक वर्षमा १४४ कक्षाभार हुन्छ ।

अध्ययन विधि

अन्तर्रक्रियात्मक विधी, व्याख्यान विधी, सहभागीतामुलक विधी, कार्यपत्र लेखन, कक्षाकार्य, समूहकार्य, प्रस्तुतीकरण, प्रयोगात्मक कार्य, परियोजना कार्य जस्ता विभिन्न विधिहरुको प्रयोग गरीन्छ । विद्यार्थीेहरुको हाजिरी सम्बन्धमा ८० प्रतिशत हुने प्रावधान छ । अध्ययनको अवधि स्नातकोत्तर तहको ४ र स्नातक तहको ८ सेमेष्टर हुन्छ । ४ सेमेष्टरका लागि २४ महिना र ८ सेमेष्टरका लागि ४८ महिनाको समय हुन्छ ।

परीक्षा र मूल्याङ्कन

आन्तरिक मूल्याङ्कन यथार्थभन्दा पर छ। कक्षा क्रियाकलाप, प्रेसी अनुसन्धानमूलक लेख आदि नाम मात्रका छन् तैपनि आन्तरिक अङ्क प्रशस्त दिएर पठाइन्छ। त्यो अङ्क बोर्ड परीक्षाको नतिजामा जोडिएर आउँछ जसले गर्दा गोलमटोलको अवस्था सिर्जना भएको छ। राम्रा विद्यार्थीेहरु लाई उत्साह दिन सकेको छैन। बोर्ड परीक्षा प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरणको अभाव कायमै छ। ठोस उत्तर दिने खालको भन्दा पनि पाना भर्नुपर्ने खालका प्रश्नहरू आइराखेका छन्। जसले गर्दा औसत अङ्क ल्याउने विद्यार्थीहरू बढी छन्। राम्रा विद्यार्थीेहरु राम्रो देखिन सकेका छैनन्। अर्कोतर्फ बोर्ड परीक्षा अगाडि केही विषयहरूमा विद्यार्थीेहरु लाई नमुना प्रश्नका रूपमा दिइएका प्रश्नहरू नै बोर्ड परीक्षामा दोहोरिएका घटना छन्।

यस प्रकारको अप्रत्यक्ष पूर्वाग्रहको लाभ प्रायः केन्द्रकाविद्यार्थीेहरुले मात्र पाउने कारणले केन्द्र र अन्य स्थानको परीक्षा नतिजामा फरक देखिएको छ। यसले विश्वविद्यालयको भविष्य निश्चय नै अन्धकारतर्फ लैजाँदै छ। आफैँले पढाएका विद्यार्थीेहरुको पुस्तिका परीक्षण गर्न पाउने हुँदा परीक्षण पूर्वाग्रही ढङ्गबाट भएको नतिजाहरूले पुस्टयाएको छ। सबै प्राध्यापक र विषयहरूमा यो अवस्था पक्कै हैन तर थोरै पूर्वाग्रही प्राध्यापकहरूको हर्कतका कारण यो अवस्था आएको छ। यसको तत्काल छानबिन र कारबाही हुनुपर्दछ।

परीक्षासम्बन्धी अनुभवी कर्मचारीको अभावले गर्दा प्रशस्त मानवीय गल्ती भेटिएका छन्, नतिजा प्रकाशनमा ढिलाइ जस्ता कमजोरी टड्कारो रूपमा देखिएका छन्। यी पक्षहरू क्रमशः सुधार हँदै जाने अपेक्षा छ। वास्तवमा सेमेस्टर प्रणाली वार्षिक प्रणालीको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा धेरै हदसम्म राम्रो छ। यसले पढ्ने र नपढ्ने विद्यार्थीेहरुकाबीच कित्ता छुट्याएको छ। विद्यार्थी र स्वयं प्राध्यापकहरूलाई समेत पढ्ने बानीको विकास गराएको छ। जसले आधुनिक ज्ञानको नवीकरण मात्र गरेको छैन, पठन पाठनमा प्रोजेक्टरको प्रयोग र विद्यार्थीेहरुको सहभागिता समेत बढाएको छ। प्राध्यापक र विद्यार्थीेहरु बीच सम्बन्ध थप प्रगाढ बनाएको छ। एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीेहरुको लागि प्रशस्त आधार खडा गरेको छ। यद्यपि विद्यमान कमीकमजोरीहरू प्रशस्तै छन् र तत्काल सुधारको खाँचो छ।

विद्यार्थीेहरुको क्षमता परीक्षणका लागि निरन्तर मूल्याङ्कन प्रणालीको प्रावधान छ । मूल्याङ्कन आन्तरिक तथा सेमेष्टर अन्तिम सत्रान्त परीक्षाबाट गरिन्छ । यसका लागि प्रत्येक सैद्धान्तिक पाठ्यभारको आन्तरिक मूल्याङ्कनको भार साधारण विषयतर्फ ४० प्रतिशत र प्राविधिक विषयमा ५० प्रतिशत र बाह्य परीक्षा ६० र ५० प्रतिशत भार क्रमशः व्यवस्था छ । विद्यार्थीेहरु आन्तरिक एवम् बाह्य दुबै परीक्षामा पास हुनुपर्दछ । यसको उत्तिर्णाङ्क ५० प्रतिशत राखिएको छ । आन्तरिक परीक्षा पाठ्यक्रम र विषयबस्तु अनुकूल तीन देखि पाँचपटक सम्म गर्नुपर्दछ । उच्च शिक्षाको शासिकय संयन्त्रमा सुधार गर्ने अधिकार सम्पन्न उच्चशिक्षा आयोग गठनगर्ने, विश्वविद्यालयको प्राज्ञिक स्वायता तथा स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सरकारले नियम तथा नियन्त्रण प्रणालीे अवलम्बन गरिनु पर्दछ । प्राविधिक तथा रोजगारमूखी शिक्षाको विस्तार, नयाँ संस्थाको निर्माण, अनुकुलका संयन्त्रहरु, शासकिय प्रणालीमा परिवर्तन गरी शिक्षालाई सीपसँग, सीपलाई–उत्पादन–व्यावसाय, उत्पादनलाई समृद्धिसँग जोडने गरी हाम्रो शिक्षा प्रणाली तथा नीतिलाई अग्रगामी दिशानिर्देश गरिनुपर्दछ ।

उक्त प्राविधिक जनशक्ति उत्पादनमा पनि समाजविज्ञान, सामाजिक–व्यवावहार आचरण, नैतिकता, सामुहिक जीवनशैली जस्ता कुरामा विशेष ध्यान दिनेगरी शिक्षा तयार गर्नुपर्दछ । विद्यालयमा अनुकुल वातावरण निर्माण गरी स्वस्थ, स्वच्छ, सफा हरित सृष्टिमा भावी पुस्ताको अधिकार स्थापीत गर्नका, लागि शिक्षाको माध्यामबाट बृहत हरियाली कार्यक्रमको सञ्चालनमा जोड दिनुपर्दछ । शिक्षालाई चौघेराभित्र सिमित नराखि समुदायसँग जोडेर राष्ट्रिय विकासको सवाहक बनाउनुपर्दछ । त्यसकारण समुदायमा आधारित परियोजना, खोजअनुसन्धान अध्ययन, नव प्रवर्तनजस्ता सिकाइका तरिकाहरु शिक्षाले प्रदानगर्न सक्नुपर्दछ । किनकी हिजो हामी शिक्षण केन्द्रित थियौ तर आज सिकाइ केन्द्रित शिक्षकले शिक्षण गरी सहजीकरण गर्ने, बालबालिकाको सिकाइलाई सुनिश्चितगर्ने, सिक्नका लागि सिकाउने, निर्मावादी चिन्तनमा जोडदिने, खुल्ला प्रविधि भित्री सिकाइमा जोड दिनेकाम गर्नुपर्दछ ।

ज्ञान सीप तथा सूचनाका असिमित साधनहरुको उच्चतम प्रयोग गरी शिक्षा भित्रको विभेदकरणको अन्त्य गदै नकारात्मक प्रभावहरुको निर्मूलतागरी सकारात्मक चिन्तन प्रणालीमा जोड दिनुपर्दछ । शिक्षालाई समाजमा रहेका असमानता, दुव्यर्वाबहार, भेदभाव तथा अन्धविश्वासको अन्त्य गर्नेकाम गर्नुपर्दछ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीबाट पठनपाठन वि सं। २०३० को दशकको अन्त्यदेखि केही वर्ष लागू गरेर व्यावहारिक कठिनाइ देखाउँदै फेरि वार्षिक प्रणालीतिर फर्कियो। प्रशस्त गृहकार्य नगरी एकाएक प्रणालीमा परिवर्तन गर्दा त्यसबाट हुन आउने सकारात्मक नकारात्मक प्रभावबारे स्वयं योजनाकारहरू नै अनभिज्ञ भएका कारण यो प्रणाली लामो समय टिक्न सकेन।

सेमेस्टर प्रणाली भनेको मात्र बोर्ड परीक्षा ६।६ महिनामा लिने भन्ने अधुरो बुझाइ, तत्कालीन अवस्थाको विद्यार्थीेहरुको सङ्ख्यात्मक चाप, सेमेस्टर चलाउन पुग्ने जनशक्तिको अभाव, प्रणालीको विभिन्न पक्षको बहस विशलेषणको अभाव, आन्तरिक मूल्याङ्कन पद्धतिमा विद्यार्थीेहरुकोहस्तक्षेप आदिका कारण यस प्रणालीमा प्राध्यापक रविद्यार्थीेहरु दुवै पक्षले गहिरो अध्ययन र मेहनत गर्नुपर्ने हुन्छ। प्राध्यापक विद्यार्थी दुवै पक्ष यस प्रणालीमा अभ्यस्त भइनसकेको सन्दर्भमा यसप्रति दुवै पक्षमा एक प्रकारको सन्त्रास थियो।

यसले सेमेस्टरबाट भाग्न चाहने विद्यार्थीेहरु लाई सजिलो त भएको छ तर अझै दोहोरो प्रणाली एउटै बिश्वविद्यालय भित्र लागू भइरहँदा व्यावहारिक झन्झट त छँदैछ, अध्ययनपछि प्राप्त प्रमाणपत्रको विश्वसनीयतामा समेत शङ्का गर्ने अवस्था छ। सेमेस्टर प्रणालीमा विद्यार्थीको कम्तीमा ८० प्रतिशत हाजिर हुनुपर्ने, प्रेसी लेख्नैपर्ने, सहभागीमूलक कक्षा हुनुपर्ने, अनुसन्धानात्मक लेख लेख्नुपर्ने जस्ता बाध्यताले येनकेन पढ्छु भन्नेहरू र जागिरदार विद्यार्थीहरूलाई अत्यन्त असहज बनाएको छ। अर्कोतिर स्नातकोत्तर तह सबै विद्यार्थीको लक्ष्य हुन सक्दैन भन्ने कुरा पनि दर्शाएको छ। तर यसले शैक्षिक गुणस्तर उकास्नमा विशेष राखेको छ। मुस्किलले १०–१५ प्रतिशत नतिजा दिनसक्ने त्रि।वि।मा सेमेस्टरको नतिजामा उल्लेख्य सुधार भएको छ। मूलतः यसले प्राध्यापक विद्यार्थी दुवैमा पढ्ने बानीकोविकास गरेकोछ। तर त्रिवि सेमेस्टर प्रणाली अन्तर्गत व्यावहारिक समस्या देखिन्छन्।

पाठ्यक्रम,पाठ्यपुस्तक

वार्षिक प्रणाली अन्तर्गत चलिरहेको अवस्थाबाट सेमेस्टर प्रणालीमा परिवर्तन गर्दा थुपै विषयमा त्यही वार्षिक अन्तर्गतको पाठ्यक्रमलाई आधा गरिएको छ। समय सापेक्षित पाठ्यक्रम छैन। केही विषयमा ज्यादै भद्दा पाठ्यक्रम छ । समयमा पढाएर सक्न हम्मेहम्मे पर्छ। नेपाली भाषामा लेखिएको पुस्तकको सारांश पढेर स्नातक पास भएको विद्यार्थीेहरु लाई अङ्ग्रेजी माध्यमको वास्तविक पुस्तक पढ्न सजिलो छैन, त्यसमा पनि लामा लामा आलेखहरू नेपाली भाषामा लेखिएको पाठ्यपुस्तकको अभाव छ। कतिपय विषयमा विभागहरूले विद्यार्थीेहरुको पठन सामग्रीबारे स्पष्ट पारेका छैनन्।

लेटर ग्रेडिङ प्रणालीमा परीक्षा दिएका सम्पूर्ण विद्यार्थीहरूलाई उच्च माध्यमिक विद्यालयहरूमा भर्ना गर्न पाउने वा नपाउने स्पष्ट छैन । एस ई ई परीक्षामा संलग्न सबै विद्यार्थीले भर्ना पाउने हुन् भने उ मा वि को भर्ना क्षमता छ त रु यति ठूलो संख्याका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नका लागि शैक्षिक पूर्वाधारहरू तयार छन् त रु अहिले प्लस टु तथा कलेजहरूको नतिजा ४० देखि ४२ प्रतिशत छ । प्लस टु परीक्षाको नतिजाबाट सन्तोष हुन सक्ने अवस्था नभइरहेको समयमा एस ई ईका सबै सूचना र प्रविधि विकासको चरम उत्कर्षमा पुगेको पछिल्लो समयमा पनि नेपालको शिक्षा प्रणालीबाट सरोरकारवाला संस्था तथा व्यक्तिहरू आलोचित भइरहेका छन्।

यहाँ कहिले कर्मचारीको लापरवाहीले गलत सूचना प्रवाह हुन्छ भने जसको फलस्वरूप देश निर्माणको अगुल्टो लिएर दौडिरहेका विद्यार्थी शक्तिलाई मानसिक रूपमा विछिप्त पार्दै मृत्युवरण गराउन बाध्य हुन्छ। शिक्षाको फलामे ढोका भनिने नेपालको शैक्षिक संस्था राष्ट्रिय परीक्षा बोर्डले निकालेको २०७५ सालको एसईई नतिजापछि एक छात्राको अनाहकमा आत्महत्याको बाटो रोजिन्। यसको दोष कसले लिने २०७५ वैशाख १४ गते बाट लिएको कक्षा १२ को परीक्षाको नतिजा २०७५ साउन १७ गते सार्वजनिक भयो। सबै संकायको नतिजा आइसकेपछि पनि आफू पास भएरको थाहानपाएर विद्यार्थीले सास्ती खेप्नुपर्यो । आफ्नो सम्बन्धित शैक्षिक संस्था अगाडिविद्यार्थीको भीड र शिक्षकको प्रतिक्रियाबाट थाहा हुन्छ आफूलाई शिक्षा दिइरहेको शैक्षिक संस्था पनि यस विषयमा अनभिज्ञ रहेछ।

नेपालका विभिन्न शैक्षिक संस्था र राष्ट्रिय परीक्षा बोर्ड तथाविभिन्नविश्वविद्यालयको तालमेल अभावले स्नातक तहमा भर्ना हुन पाउने या नपाउने जस्ता द्विविधामा विद्यार्थीहरू रूमलिएका छन्। साथै कुन ग्रेड आयो भने मौका परीक्षा दिन पाउने, कस्तो विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने, कस्तो ग्रेडले आफ्नो ग्रेड वृदी गर्न पाउने र कस्तो ग्रेडले सर्टिफिकेट ९ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल कस्तो ग्रेडिङ पाएकाले के गर्ने

  • • स्नातक तह अध्ययन गर्न कक्षा ११ को जस्तोसुकै नतिजाले पनि फरक नपार्ने तर, कक्षा १२ को नतिजामा सबै विषयमा A+, A, B+, B, C+, C , D+ , Dआएमा अध्ययन गर्न पाउने छ।
    • यदि सबै विषयमा D +आए पनि उसले अध्ययन गर्न पाउने छ। तर, Dआएको अवस्थामा विश्वविद्यालयले तोकिएको विषयमा मात्र अध्ययन गर्न पाइने छ।
    • यदि कक्षा १२ को कुनै पनि एउटा विषयमा Dअथवा E आएको छ भने पूरक परीक्षा दिई ग्रेड बढाई अध्ययन गर्न पाइने छ।
    • यदि कुनै पनि एउटा विषयमाDआएको विद्यार्थीले पूरक परीक्षा दिइ ग्रेडिङ बढाउन चाहेमा पाइने छ ।
    • D आएको विद्यार्थीले पनि A+, A, B+, B, C+ रC जसरी नै सर्टिफिकेट (ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल) निकाल्न पाइने छ। तर, ट्रान्सक्रिप्ट निकालिसकेपछि पूरक परीक्षा दिई ग्रेडिङ बढाउन पाइने छैन।
    • A+, A, B+, B, C+, C रD+ D आएका विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले २१ दिनपछि मात्र सर्टिफिकेट (ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल) प्राप्त गर्न सक्नेछन्।
     . हालआएर नेपाल सरकारले ३० ल्याउने विद्यार्थीलाई उतिर्ण गर्ने नितिअबलम्बन गरेको छ ।

यहाँ कहिले कर्मचारीको लापरवाहीले गलत सूचना प्रवाह हुन्छ भने जसको फलस्वरूप देश निर्माणको अगुल्टो लिएर दौडिरहेका विद्यार्थी शक्तिलाई मानसिक रूपमा विछिप्त पार्दै मृत्युवरण गराउन बाध्य हुन्छ शिक्षाको फलामे ढोका भनिने नेपालको शैक्षिक संस्था राष्ट्रिय परीक्षा बोर्डले निकालेको २०७५ सालको एस ई ई नतिजापछि एक छात्राको अनाहकमा आत्महत्याको बाटो रोजिन्। सबै संकायको नतिजा आइसकेपछि पनि आफू पास भएरनभएको थाहा नपाएर विद्यार्थीले सास्ती खेप्नुपर्यो । आफ्नो सम्बन्धित शैक्षिक संस्था अगाडि लामबद्ध विद्यार्थीको भीड र शिक्षकको प्रतिक्रियाबाट थाहा हुन्छ आफूलाई शिक्षा दिइरहेको शैक्षिक संस्था पनि यस विषयमा अनभिज्ञ रहेछ।साथै कुन ग्रेड आयो भने मौका परीक्षा दिन पाउने, कस्तो विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने, कस्तो ग्रेडले आफ्नो ग्रेड वृद्धि गर्न पाउने र कस्तो ग्रेडले सर्टिफिकेट ९ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल० निकाल्न पाउने जस्ता अनेक प्रश्नहरु अनुत्तरित छन्।

माथिको जानकारी सबै कलेजमा राम्ररी विBfर्थीलाई बुझाउन सकिने हो भने समस्या समाधानमा केही हदसम्म राहत हुन्छ। तर अधिकांश विद्यार्थी र अभिभावक ग्रेडिङ प्रणालीले झुक्किरहेका छन्। कोही पनि विBfर्थी फेल नहुने भन्ने तर तोकिएको ग्रेड नआए कलेजै भर्ना गर्न नपाइने हो भने ग्रेडिङको के अर्थ रह्यो र पहिले नेपालको १०+२ परीक्षामा पास हुन ३५ अंक ल्याउनुपर्दथ्यो। यदि D+ र Dलाई मात्र विश्वविBfलय शिक्षा प्रवेश गर्न नदिने हो भने पास मार्क कम्तीमा ४० हुन जान्छ। यदि त्यसो भएमा शिक्षाको गुणस्तरमा वृद्भ आएता पनि हालको उत्तीर्ण प्रतिशतमा गिरावट आउँछ र यसको असर सरोकारवाला निकायहरूको विद्यार्थी भर्नामा र धेरैजसो कलेजले विद्यार्थी नपाई बन्द गर्ने अवस्था आउँन सक्छ।

बिद्यार्थीलाई बुझाउन सकिने हो भने समस्या समाधानमा केही हदसम्म राहत हुन्छ। तर अधिकांश विBfर्थी र अभिभावक ग्रेडिङ प्रणालीले झुक्किरहेका छन्। कोही पनि बिद्यार्थी फेल नहुने भन्ने तर तोकिएको ग्रेड नआए कलेजै भर्ना गर्न नपाइने हो भने ग्रेडिङको के अर्थ रह्यो र पहिले नेपालको १०+२ परीक्षामा पास हुन ३५ अंक ल्याउनुपर्दथ्यो। यदि D+ र D लाई मात्र विश्वविद्यालय शिक्षा प्रवेश गर्न नदिने हो भने पास मार्क कम्तीमा ४० हुन जान्छ। यदि त्यसो भएमा शिक्षाको गुणस्तरमा वृद्धि आए ता पनि हालको उत्तीर्ण प्रतिशतमा गिरावट आउँछ र यसको असर सरोकारवाला निकायहरूको विद्यार्थी भर्नामा र धेरैजसो कलेजले विद्यार्थी नपाई बन्द गर्ने अवस्था आउँन सक्छ। उमाविमा भर्ना गरे प्लस टुको नतिजा कस्तो आउला हाम्रो शिक्षाको गुणस्तर कुन स्तरमा रहला राज्यले यसमा ध्यान दिएको पाइँदैन ।

शिक्षाको व्यवस्थापन गर्ने दायित्व राज्यको हो । लेटर ग्रेडिङ प्रणाली लागू गर्नुभन्दा अगाडि यसको अल्पकालीन र दीर्घकालीन असर र चुनौतीहरूको विश्लेषण नगर्नु राज्यको ठूलो कमजोरी हो । गत वर्षभन्दा यस वर्षको एस ई ईको नतिजामा ए प्लस र ए ल्याउने विद्यार्थीेहरुको संख्यामा धेरै गिरावट आएकाले गुणस्तर र प्रतिस्पर्धात्मक अध्ययनमा नकारात्मक प्रभाव देखिन थालेको छ । यसका साथै ग्रेड अभिवृद्घि गर्न पाउने विद्यार्थीहरूको संख्या ३ लाख ८० हजार हुनुले शिक्षाको गुणस्तर खस्केको स्पष्ट हुन्छ । तसर्थ गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम नागरिक उत्पादन गर्न राज्य गम्भीर हुनु जरुरी छ ।

सूचना र प्रविधि विकासको चरम उत्कर्षमा पुगेको पछिल्लो समयमा पनि नेपालको शिक्षा प्रणालीबाट सरोरकारवाला संस्था तथा व्यक्तिहरू आलोचित भइरहेका छन् यहाँ कहिले कर्मचारीको लापरवाहीले गलत सूचना प्रवाह हुन्छ भने जसको फलस्वरूप देश निर्माणको अगुल्टो लिएर दौडिरहेका विद्यार्थी शक्तिलाई मानसिक रूपमा विछिप्त पार्दै मृत्युवरण गराउन बाध्य हुन्छ। शिक्षाको फलामे ढोका भनिने नेपालको शैक्षिक संस्था राष्ट्रिय परीक्षा बोर्डले निकालेको २०७५ सालको एस ई ई नतिजापछि एक छात्राको अनाहकमा आत्महत्याको बाटो रोजिन्। यसको दोष कसले लिने सबै संकायको नतिजा आइसकेपछि पनि आफू पास भएरनभएको थाहा नपाएर विद्यार्थीले सास्ती खेप्नुपर्यो ।आफ्नो सम्बन्धित शैक्षिक संस्था अगाडि विद्यार्थीको भीड र शिक्षकको प्रतिक्रियाबाट थाहा हुन्छ आफूलाई शिक्षा दिइरहेको शैक्षिक संस्था पनि यस विषयमा अनभिज्ञ रहेछ।नेपालको उच्चशिक्षाप्रदानगर्ने कार्य नै अनभिज्ञ रहदाअरुको के अवस्ताहोलाअनुमानगर्न गाहारो छ । त्यसमापनि नेपालको अवस्थालाई नियाल्दै जानृ हो भने मmनमmन जटिल अवस्था नै छ । माध्यामिकतह एस इ इको मुल्याङ्गन पैणालि सुरु भएको २०७१ सालमाहो तर पनिहाल सम्मआमअभिावकले स।लरुपमाबुमm्न नसकेको अवस्थाा जगजाहेर छ ।

अर्को माध्यामिकतहकक्षा ११ र १२ मापनिक्रमश.ं ग्रेडिङ्ग प्रणाली तत्काललागु गरेको कुराले आमअभिभावकअन्योलतमाथिए नै पछि मmनयसले भयानक समस्याथपिदिएको छ । किनकिएकातिर फेल नहुने कुरा गरेको छ भने अर्कोतिर ग्रेड इ र एफल्याउने विद्यार्थीलाई माथिल्लो तहमा पढनमा लागिअवसर निप्रदानगर्न सकोको छैन । विश्वविद्यालतहको हकमा धेरैजसोले ग्रेडिग प्रणाली स्नातकतहमा गरेकम छन भने स्नातकोत्तर तहमा सबैले गरेको देखिन्छ । के यो नेपालस् माटोमा मेल खाएको छ । यहाका विज्ञलााई प्रश्न छ ।

लेखक : मध्यपश्चिमान्चल विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्क्रम तथा मूल्याङ्गन विभाग शिक्षा(समितिप्रमुख हुनुहुन्छ ।