दुई तिहाईको सरकारले अपेक्षा अनुरुपको काम गर्न सकेन : सांसद चौधरी

काठमाडौँ, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको ठोकुवा गरेका छन । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै सांसद चौधरीले दुई तिहाईको सरकारले चाहे अनुरुपको काम नगरेको जिकिर गरेका हुन ।

सांसद चौधरीले भने जनताले समृद्ध नेपाल खोजेका थिए तर यहाँ अर्कै भैदियो । जनताले न्याय पाउन सकेनन । सांसद चौधरीले आफु आफ्नो निर्वाचन क्षेत्रमा जनताका अगाडि गरेका बाचा पुरा गर्ने अभियानमा प्रतिबद्ध रहेको बताए ।

उनले भने म चुनावी घोषणपत्रअनुसार नै अगाडि बढेको छु यसमा सबै ढुक्क हुनुस ।

हेर्नुस भिडियो