अध्यक्षद्वय ओली र दाहाल बीच भेटवार्ता जारी

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

केहि समयदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले बताएको छ ।

भेटमा दुई अध्यक्षहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने स्रोतको दावी छ ।