दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला
दाङ, देउखुरीमा एक यादवले बदमासी गरेको तथ्य फेला परेको छ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव ९किसान० ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

एक लिटरको मिनरलवाटरको बोतलमा फोहराका यादवले दुधमा केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका ५ लमही निवासी सुरेन्द्रकुमार गुप्ताले जानकारी दिएका छन् । मंगलवार बिहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन बिहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथि सेतो पाउडर तैरिएको र बोतलमा पानी मात्रै रहेको अवस्था फेलाको गुप्ताले बताएका छन् । दूधको बोतलमा माथि पट्टी केमिकल जस्तो देखिने सेतो पाउडर तैरिएको सजिलै देख्न सकिन्छ ।
केमिकल मिसावट गरि स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई दुग्धको खाद्य गुणस्तर विभागले हेर्न आवश्यक रहेको स्थानीय समाजसेवी शसिराम नेपालीले बताएका छन्

