कर तिर्ने समयावधि थप्नुपर्ने व्यवसायीको आग्रह

काठमाडौँ, कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिनादेखि मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ६ महिनादेखि जारी रहेको लकडाउन र निषेधाज्ञाले गर्दा देशका आर्थिक, सामाजिक क्षेत्रसंगै सम्पूर्ण उद्योग, कलकारखाना लगायत सरकारी तथा निजी क्षेत्रपनि नराम्रोसंग प्रभावित भएको छ ।सोमबार नेपाल राष्ट बैँकले राजस्व संकलन गर्ने बैँक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्ने निर्देशन दिएसंगै हिजोदेखि बैँकका सम्पूर्ण शाखाहरु खुला भएका हुन् ।

बैँकले राजस्व संकलनका लागि ३ दिन भाद्र २३, २४ र २५ गतेसम्म खुला गरेको छ । भदौ २५ गतेसम्म राजस्व तिरिसक्न राष्ट बैँकले निर्देशन दिएसंगै सम्पूर्ण शाखाहरुबाट सेवा बिस्तार भएको हो । भदौ ३ गतेदेखि निषेधाज्ञा जारी रहेसंगै आवातजावातसम्म गर्न नदिएको सरकारले भदौ मसान्तमा आएर केवल कर असुलिका लागि मात्र बैकका शाखाहरु खोल्दा जनताहरुप्रति सरकारको गैरजिम्मेवारीपन देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु विगत ६ महिनादेखि भएको लकडाउनले गर्दा निकै ठूलो मानसिक समस्यामा गुज्रिरहेका छन् । एकातिर व्यापार व्यवसाय ठप्प छ भने अर्कोतिर कोठामो भाडा तिनुपर्ने समस्या उस्तै छ । अब सरकारले तिन दिनभित्र नै कर तिर्ने अन्यथा नियमअनुसार जरिवाना लिने सरकारको अव्यवहारीक उपस्थितीका कारण अहिले आम व्यवसायीमा अर्को ठूलो बज्रपात आएको छ ।

सरकारले कर असुलिमा मात्र ध्यान केन्द्रित गरी करदाता र व्यवसायीहरुको दुख कम गर्ने भन्दापनि मानसिक यातना दिनेतर्फ केन्द्रित रहेको प्रष्ठ देखिन्छ । भदौ ४ गतेदेखि राजधानी लगायत देशका प्रमुख शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी नै रहेको छ । उपत्यकामा पछिल्लो समय गरिएको निषेधाज्ञाको समय आज राती १२ बजेबाट सकिदैछ । निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दे मुख्य नाकाहरुमा सेना परिचालन गर्ने तयारी भइरहदा सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित करको विवरण तथा कर भुक्तानी गर्न समय दिएको छ ।

लकडाउनकै बिचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा दायर भयो र अदालतले लकडाउन खुलेको एक महिनाभित्र कर उठाउने गरी ब्यवस्था मिलाउन आदेश दियो । साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा भएसंगै जिल्ला प्रशासन कार्यलय मार्फत निषेधाज्ञा जारी गरिए ।लकडाउन भन्दा कडा शैलीमा भएको निषेधाज्ञाले व्यापार व्यवसायहरु खुल्न सकेनन् । तिव्र दरमा वृद्धि भइरहेको कोरोना जोखिमको संक्रमणको डरसंगै सरकारले आवातजावातमा गरेको कडाइका कारण व्यवसायहरु ठप्प भएको व्यवसायीहरु बताउछन् । अहिले पानी, खाद्यान्न र औषधि बाहेकका अधिकांस व्यवसायहरु बन्द छन् । कर तिर्ने समय बिहीबारसम्म मात्र भएका कारण बैँकमा धेरै भिडभाड नहोस भनेर शाखा काउन्टर खोल्ने निर्देशन दिएको राष्ट बैँकका निर्देशक देवकुमार ढकालले बताए ।

निषेधाज्ञा जारी गर्दे जनतालाई जनतालाई घरभित्र नै थुनेर कर तिर्न लगाउनु सरकारको गलत नियत भएको व्यवसायीहरु बताउछन् । निषेधाज्ञाको कारण घरभित्र नै बसेको धेरै भइसक्यो तत्काल कर तिर्न सकिने अवस्था छैन् । समयसिमा थपियोस भन्ने आम करदाताको माग छ । व्यवसायीहरु भन्छन् , “भिडभाड हुन्छ भनेर नै पसुपति बन्द गरियो , मानिसलाई प्रवेशमा रोक लगाइयो । मछिन्द्रनाथको रथयात्रामा रोक लगाएसंगै रथ तान्दा भएको भिडभाडले ललितपुरमा कफ्र्यु नै जारी गरियो । अब यसरी भिडभाड गरेर कर तिर्दा कोरोना संक्रमण देखिएमा सरकार जिम्मेवार हुन्छ रु अन्य भिडभाड हुने सम्पुर्ण ठाँउहरु बन्द गर्ने व्यापार व्यवसाय बन्द गर्ने अनि निषेधाज्ञा जारी रहेको भोलपल्टसम्म मात्र कर तिर्ने समयसिमा तोक्न नमिल्ने व्यवसायीहरु बताउँछन् ।