चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन

काठमाडौं, चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन भएको छ।मिर्गौलासम्बन्धी समस्याबाट ग्रशित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा मृत्यु भएको उनको परिवारले बताएको छ ।

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन ।

पछिल्लो समय गुरूङ निर्माता सन्तोष सेनसँग मिलेर हुतुतु चलचित्र निर्देशनको तयारीमा थिए ।