प्यूठानमा जुवा खालवाट जनप्रतिनिधिसहित ७ जना पक्राउ

भालुवाङ,  प्यूठानमा जुवाको खालबाट एकजना जनप्रतिनिधी सहित ७ जना पक्राउ परेका छन। विजुवार चोकमा रहेको लालीगुराँस होटलबाट प्रहरीले ७ जनासहित ८५ हजार ५ सय रुपैयाँ नगद र तासका पत्ती बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीको सिभिल टोलीले तास खेलिरहेको अवस्थामा प्यूठान नगरपालीका ४ का वडा सदस्य भेषबहादुर राना सहित ७ जनालाइ पक्राउ गरेको समाचार श्रोतको दावी छ ।

यस विषयमा थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।