तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

एजेन्सी , तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा मृत्यु भएको छ।

आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनले सन् १९८८ ब्रह्मापुत्रु सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए ।

अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको सरिलरू निकेवरू सिनेमामा काम गरेका थिए।