पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या ३०६ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ६११ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। यीमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ छ।आजको दिन संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना छन्।आईसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ जना छन्।