चितवनमा थप २२ जनामा कोरोना पुष्टि

चितवन , चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी, मकवानपुर र बाराका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको मेडिकल कलेजका माइक्रोबायोलोजिष्ट डा.नविनकुमार चौधरीले जानकारी दिए ।