समाजसेवी मरासिनीले अस्पतालको सैयाबाटै गरे बिपन्न परिवारलाई सहयोग

 भालुवाङ, कोरोना पोजिटिभ तथा ज्वोरो र निमोनियाले ग्रसित भई कोहलपुर मेडिकल कलेजमा उपचारत दाङ भालुवाङ निवासी भिमबहादुर मरासिनी९हंसपुरे०ले एक विपिन्न परिवारलाई सहयोग गरेका छन् । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाको हंसपुरमा जन्मिनु भएका समाजसेवाको अग्रपंक्तिमा रहेका मरासिनीले सरुमारानी गाउँपालिका वडा नम्बर ५ राङ्गबाङ्गका घनबहादुर बिकको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

भारतमा ट्रक चालकको रूपमा काम गरिरहेको विक आज भन्दा करिब एक बर्ष पहिले गाडी दुर्घटना भै खुट्टा भाँच्चिएपछि घर फर्किएका थिए । उपचारमा धेरै पैसा खर्च हुने भएपछि गाडी साहुले नेपाल फिर्ता पठाएपछि झनै आर्थिक अवस्था कमजोर रहेका विकको परिवारलाई हस्पिटलको बेडबाटै खाद्यान्न सहयोग गरेको मरासिनीले भने । जनताको समस्यालाई हेर्नै नसक्ने मनकारी तथा दयालु स्वभावका मरासिनीले आफ्नो जन्मभूमि हंसपुरमा यसरी निन्तर सहयोग गर्दै आएका छन् । यता नेपालमा उपचार गराइ सबै पैसा सकिएपछि विक परिवार यति बेला ठुलो बिचल्लीमा परेको छ ।

घरको मुख्य मानिस नै अपांग भै काम गर्न नसक्ने केटाकेटी साना बुढाबुवा आमा काम गर्न नसक्ने अवस्था विक परिवारमा रहेको छ । घरमा बिहान बेलुका छाक टार्न समस्या रहेको दयनीय स्थिति रहेको र सोही ठाउँ कै बुद्धिबल गाहामगर र बुद्धिबल सोमैमगरको पनि घरमा समस्या रहेको दुई छाक टार्न नसक्ने भोकै बस्नु पर्ने स्थिति रहेको जानकारी पाउन साथ समाजसेवी महिला नेत्री कल्पना सुनार र समाजसेवी शंकर दिप सुनारलाई कोहलपुर मेडिकल कलेज सैयाबाटै त्यहाँ पुगेर एक बोरी चामल, खाने तेल १ लिटर आयोडिन नुन १ किलो साबुन, सोयाबिन र पिठो ५र५ किलोको एक(एक थैला समेत बितरण गर्ने ब्यवस्था मिलाइ सम्बन्धित पिडितहरु लाई घर(घर मै समान पुर्याई प्रदान गरिएको मरासिनीले बताए ।

समाजिक सेवामा हाल मरासिनी सरुमारानीमा अग्रस्थानमा छन् । मरासिनी जनताको मन जित्न एक सफल नेता समाज सेवी पनि समेत रहेको स्थानीयबासीहरूको भनाई छ ।