नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने

सुर्खेत, कोहोलपुर ११ बाकेँ स्थित रहेको नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने भएको छ ।

कोरोना महामारीको चपेटाको मनन् गर्दै ऋण लिएर १ बर्षभन्दा बढि भाका नाघेका सदस्यहरुको तिन महिनाको ब्याज मिनाहा गर्ने निर्णय गरेको छ । भाद्र २२ मा सुचना जारी गर्दै सहकारी संस्थाले ब्याज मिनाहा गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

उक्त सुविधा लिनका लागि यो सुचना प्रकाशन भएको मितिले २१ दिनभित्र ऋण चुक्ता गर्नुपर्ने पनि बताएको छ ।

                                                                                    सुचना