सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका पुन पराजित

काठमाडौं, ​क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले लिग चरणको अन्तिम खेलमा पनि पराजय ब्यहोरेको छ। गएरारति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित भएको हो।

१ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो। ओपनर ग्लेन फिलिप्सले ४९ रन बनाएको इनिङ्समा जेमेन ब्ल्याकवुड र निकोलास किटोनले समान २५ रन बनाए। चाडविक वाल्टनले १० रन जोड्न सके। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। जाहिन खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिए।

केसरिक विलियम्सले एक विकेट झारे। यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। जमैकाका मुजिव उर रहमानले २ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट लिए। ​ सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित २० रन खर्चिएर १ विकेट लिएका हुन्। हारका बाबजुत जमैका यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। जमैकाले अब पहिलो सेमिफाइनलमा भोलि ट्रिबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।