नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान

तनहुँ, तनहुँको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल सोमबार कारागार चलान भएका छन् । उनी नागरिकता कीर्ते मुद्दामा कारागार चलान भएका हुन् ।

२०५५ सालमा जिल्ला अदालत तनहुँले उनलाई दोषी करार गरेको थियो । सोही वेला उनले केही समय कैद भुक्तान गरेका थिए । एक वर्ष कैद सजाय बाँकी रहेकोमा मल्ल कारागार चलान भएका हुन् ।