हैसियत नभएको मान्छे

कविता

म हिजाे,
तिमीले राेजेकाे मुटु भएकाे थिए
तिमीले फेर्ने श्वास पनि
तर,
आज तिमिले कुल्ची हिड्ने माटो भएकाे छु
तिमिले काँध दिँदासम्म हैसियतमा थिए
एक्कासी तिमी भुर्र उडेर गए पछि हाे
तिमीले अर्कै धरातलमा टेकेर उभिए पछि हाे
तिम्रो नजरले,
मेराे हैसियत देखेकाे
हाे ,
हैसियतको मापन गर्नु ठिकै हो।
तिमी आकासमा उडेपछि
जमिनकाे हैसियत कसरी पाे थाहा पाउला र ,?
म जमिनको कणमा टुसाएकाे मुना हाे
त्यही तिम्रो पाउमा नियाल्न बाहेक
म सँग हैसियत नै छैन ।

तिमी आकाश मानेर
चाकडी गरिरहे
मेराे शान ईज्जत् मानेर, ईज्जत् गरीरहे
अहँ ,
हैसियत हुन्छ भन्ने साेच्नै सकिन ।
म धरातलमा उभिए
तिमी आकासमा उभियाै
भन न
सुन चादि हिराकाे चमकले
एकै हैसियत दिन्छ र ?

गुनकाे भाउ सुनमा खोजेपछि
हैसियत कहाँ मिल्छ र !
हाे म तिम्राे हैसियतकाे गुलामी थिए
आफ्नै
अस्तित्व गुमाएर तिमिमा पलायन हुने
कायरकाे हैसियत के हुन्छ र ?
तिमिले मेरो हैसियत नदेख्नु ठिकै हाे ।
किन भने हैसियत भनेकाे
मानवता नभएकाे हुदाे रहेछ ।