आईपीएल खेल्न यूएई पुगेका १० भारतीय खेलाडी कोरोना संक्रमित

काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएल खेल्न यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ ।भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा सदस्यमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एक दिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् ।कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् ।

चेन्नइको टोली २१ अगष्टमा यूएई पुगेको थियो । यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सेप्टेम्बर १९ बाट आइपीएल शुरु हुने भनिए पनि अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तालिका सार्वजनिक गरेको छैन ।