उत्तरकोरियाली ह्याकरद्धारा अमेरिका माथि आक्रमण

एजेन्सी । उत्तरकोरियाली ह्याकरहरुले अमेरिकी भर्चुअल मुद्राका खाताहरु ह्याक गरेर लाखौं डलर निकालेका छन् ।अमेरिकी न्याय विभागका अनुसार उत्तरकोरियाली ह्याकरले लाखौं डर निकालेको पत्ता लागेपछि अदालतमा मुद्दा दायर गरिएको छ । यो घटनालाई लिएर वाशिंगटनस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको छ । यसमा ह्याकरहरुले २८० भर्चुअल मुद्रा खाताहरु जफत गरेको आरोप लगाइएको छ । भर्चुअल मुद्रालाई डिजिटल मुद्राका रुपमा चिनिन्छ । त्यहाँ यो खालका बिटकोइन जस्ता मुद्रा कुनै पनि बैंक वा सरकारद्वारा सञ्चालित हुँदैनन् । अमेरिकामा भने धेरै कम्पनीहरुले विटकोइन डिजिटल मुद्राहरुलाई प्रयोग(स्वीकार) गर्ने गरेका छन् ।

यो मुद्दा यस्तो समयमा दायर गरिएको छ, जुन केही महिनाअघि अमेरिकी न्याय विभागका अधिकारीहरुले उत्तरकोरियाली ह्याकरहरुले २५ करोड डलर बराबरको भर्चुअल मुद्रा चोरी गरेको आरोप लगाएका थिए । त्यसमध्ये २ चिनियाँ ह्याकहरुलाई पनि सो आरोप लगाइएको थियो । न्याय विभागका सहायक महान्याधिवक्ता जोन डेमर्सले यो घटनालाई गम्भीर साइबर अपराधको घटनाका रुपमा लिनुपर्ने बताए ।