सुर्खेत वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा १३ गतेबाट हटाइने

यातायातमा भने जोर बिजोर प्रणाली लागु

सुर्खेत, सुर्खेत वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा शनिबार १३ गतेबाट हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा हटाउने भएकाे हाे । 

चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदायस्तरमा फैलन नदिन भदौ १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो ।

‘जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार  निषेधाज्ञा खोलेपनि भीडभाड गर्ने विभिन्न कार्यक्रम गर्ने जस्ता क्रियाकलापमा प्रशासनले कडाई गर्ने जनाएकाे छ।

 निषेधाज्ञ भाद्र १३ गतेदेखि बिहान ५ बजेबाट साँझ ७ बजेसम्म बजार खुला गरिने छ । अति आवश्यकीय लगायतका अन्य विषयमा विशेष सर्तकता अपनाइने बताइएकाे छ ।

त्यस्तै स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबहाक तथा अति आवश्यकीय सवारी साधनहरु बाहेक अन्यमा जोर बिजोर प्रणाली लागु गरी साँझ ७ बजेपछि निजी तथा सार्वजनिक सावारी पूर्णहरुमा बन्द गरिने छ ।