सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

पर्सा, १२ भदौं, नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पर्सा, बारा र रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताए अनुसार संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ ।

महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।सीमामा कार्यरत रहँदा र क्वारेन्टिन व्यवस्थापन गर्दा उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ ।योसँगै हालसम्म देशभर ५०२ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।