नेकपाको सचिवालय बैठक १८ गतेसम्मकालागि स्थगित

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोली बस्ने भनिएको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएपछि शनिबार बस्ने तय भएको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

कोरोना महामारीको कारण बैठक स्थगित गरिएको एक सचिवालयल सदस्यले जानकारी दिए । ओली दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ।

पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते महासचिव विष्णु पौडेलेको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो ।