उद्योगपति एवं सांसद चौधरी कोरोना संक्रमित

काठमाडौं, उद्योगपति एवं सांसद विनोद चौधरी कोरोना भाइरसबाट संक्रमित भएका छन्।शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो।

चौधरीले ट्विटमार्फत् कोरोना संक्रमण भएको बताएका हुन्। उनले आफूलाई कुनै लक्षण भने नदेखिएको उल्लेख गरेका छन्। आफू चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको पनि बताएका छन्।
चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् भने उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन ।

यस्तो छ उनको स्टार्टस