चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं , चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षिया वृद्धाको मृत्यु भएको हो।

चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी ती वृद्धाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी ती वृद्धामा बिहिबार साँझ मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।