दाङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ युवा जनमाेर्चामा प्रवेश

जनमोर्चा प्रति युवाको बढ्यो आकर्षण

दाङ , दाङमा युवाहरु पछिल्लो समयमा राष्ट्रिय जनमोर्चामा आकर्षण बढेकाे छ । विभिन्न पार्टी परित्याग गर्दै जनमोर्चामा प्रबेश गर्ने युवाहरुको लर्को लागेको हो । बिहीबार पनि घोराही उपमहानगरपालिका अन्तरगतका दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । बिगतमा नेपाली काङ्ग्रेस र डबल नेकपामा रहेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका हुन् । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले १४ जना युवाहरुलाई एक कार्यक्रमका बीच पार्टी प्रबेश गराएका हुन् ।

ताराबहादुर बुढाको नेतृत्वमा प्रवेश गर्नेहरुमा सन्तबिर घर्ती, सोभाराम पुन, भिमा बुढा, दिलबहादुर रावत, कुन्ती पुन, चन्द्रबहादुर थापा, मीनबहादुर बुढा, लालबहादुर सुनार, चिन्ता बुढा, निमा थामा, मित्री सुनार, भिमा रावत, हेमराज बिष्ट लगायत रहेका छन् ।

कार्यक्रममा युवाहरुलाई सम्बोधन गर्दै राजमाेका जिल्ला अध्यक्ष आचार्यले देशमा अन्याय, बेथिति र भ्रष्टाचार बढेको हुँदा युवाहरु सक्रियतापूर्वक राजनीतिमा लागेर समाजका सम्पूर्ण बेथितिहरुको अन्त्य गर्नु पर्ने र समाजलाई सकारात्मक रुपान्तरणमा अग्रसर हुनु पर्ने बताएका थिए ।

प्रवेशपछि उत्साहित हुँदै गाउँमा बृहत रुपमा प्रवेश कार्यक्रम सञ्चालन गर्ने र संगठन निर्माण गर्ने योजना समेत बनेको छ।