शुक्रबार थपिए ९२७ जना कोरोना संक्रमित, १६९ जना डिस्जार्ज

काठमाडौं , नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए ।

हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ