कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो बिहीबार ८ जना, अस्ती बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो। त्यसैगरी मंगलबार ७ जना, सोमबार ८ जना र आइतबार ३ जना संक्रमितको मृत्यु भएको थियो।