कोरोनाबाट भरतपुर अस्पतालमा एक युवाको मृत्यु

चितवन,  चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमित युवकको उपचारकै क्रममा ज्यान गएको छ ।

आईसीयूमा उपचाररत गोरखा नगरपालिका–१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।