काठमाडौं उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित

काठमाडौ,. काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो बिहीबार काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना गरी ३७७ जनामा संक्रमण पुष्टि भएको थियो। अस्ति बुधबार काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना गरी ३०२ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।  सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।