दुई वडाको जुहारी बिद्युत र पानीमा मारामारी

पंञ्चदेवल विनायक नगरपालिकाको किचलोले नगरवासिलाई सास्ती

अछाम, पछिल्लाे समय अछाम पंञ्चदेवल विनायक नगरपालिकाको आन्तरिक किचलो सतहमा आएको छ ।  नगरकाे अन्तरबिराेधले नगरवासिलाई सास्ती खेप्नु परेकाे छ । नगरपालिकाकाे किचलाेले स्थानियबासीले सास्ती खेप्नु परेकाे स्थानीयले बताएका छन । आन्तिरिक बिवादका कारण सर्बसाधारण मर्कामा परेका छन । 

अछामको पंञ्चदेवल विनायक नगरपालिकामा विधुत सेवा आपुर्ति गरिरहेको तालागाड लघु जलविधुत आयोजना पुर्ण रुपमा अवरुद्ध भयाे ।  पंञ्चदेवल विनायक नगरपालिका वडा नं ५ का स्थानिय वासिन्दाको एक समुहले गत भाद्र ८ गते करिव १०० मिटर जति कुलो भत्काए । विधुत सेवा अवरुद्ध भएसगै नगरपालिकाका वडा नं २,३,४,५,वडा  निकै मर्कामा परे ।

नगरपालिका स्थित सरकारी, गैरसरकारी संस्था, संञ्चार क्षेत्रले निकै सास्ति खेप्नु परेको बताइएकाे छ  । नगरपालिकाले आफुलाई सौतेनि व्यवहार गरेको कारण आफुहरु वाध्य भएर सो कदम उठाउन पुगेको वडाअध्यक्ष कुल वहादुर वुढाको भनाई रहेको छ ।

गत साता पविनपा ५ ले निर्माण गर्न लागेको पानीको ट्याङ्कि पविनपा ६ का वडाअध्यक्षको नेतृत्वमा गएको टोलिले उक्त पानी टयाङकि भत्काएको थियो  । आफुलाई समेत खानेपानि अप्रयाप्त भएका कारण आफुहरु ट्याङ्की भत्काउन पुगेको वडाअध्यक्ष पुर्ण वहादुर रावलले बताए  ।

सो विषयमा हामिले पविनपा ६ का वडाअध्यक्ष पुर्ण वहादुर रावल र पविनपा ५ का वडाअध्यक्षसग आखिर यस्तो हर्कत किन र के का लागि हो भनेर सोधेका थियौँ ।

वडा नं ६ का वडाअध्यक्ष रावलले गरेकाे कुराकानी जस्ताकाे तस्तै 

आफुलाई पानिको समस्या पर्ने भएर तोलिले पानीमा अवरोध गरेको हो । तोलिको पानी नपाई हुदैन भनेर लयाटिले आफ्नो घर भत्काउनु ठुलो मुर्खता हो । हाल कुलो भत्काएको विधुतमा तत्कालीन वारला ,विनायक ,कालिकास्थान ,र लयाटि गाउँ विकास समितिको लगानिमा वनेको हो ।

त्यसपछि नगरले ३ करोड समेत लगानि गरिसकेको छ । विधुतमा आएको समस्या हल गर्ने नगरपालिकाकाको दायित्व हो । यदि तोलिले पानी दिएन भनेर लयाटिले विधुत कुलो भत्काएको हो भने त्यो विधुतले तोलिलाई केही असर पर्दैन । यो नगरवासिलाई आवश्यक सेवा सुविधा प्रदान गर्ने जिम्मा नगरपालिका को हो । नगरले सकेन भने प्रदेश सरकार छ ,प्रदेशले सकेन भने संघिय सरकार छ ।

नगरभित्रको आवश्यकता पहिचान गरि पुर्ति गर्ने काम नगरको हो । लयाटिमा खानेपानिको आवश्यकता हो । यति मात्र होईन विनायक कालिकास्थानमा समेत खानेपानि चाहिन्छ भनेर मैले नै नगरपालिकासग पटक पटक माग राखेको छु ।

नगरभित्रका स्रोतहरुको पहिचान गर्ने नगरका दलाल ,पानिका भुमाफियाहरु ,र विचौलियाले होइन । कसैका पानिका स्रोत माथि हस्तक्षेप गर्ने होईन । हामी सवै जाउ स्रोत को पहिचान गरौ, उपभोक्तालाई असर नपर्ने गरि आवश्यकता पुर्ति गरौ । पंञ्चदेवल विनायक नगरपालिका वडा नं ६ का वडाअध्यक्ष पुर्ण वहादुर रावलले कुसे न्युजसगको संक्षिप्त्त कुराकानिमा बताए  ।

वडानं ५ का वडाअध्यक्ष वुढा यसाे भन्छन् 

यस्तै पंञ्चदेवल विनायक नगरपालिका वडानं ५ का वडाअध्यक्ष कुल वहादुर वुढाले कुलो भत्काउने कुरा नगरपालिकासग जोडिएको विषय भएकाे जिकिर गरे । मेयरको असहमतिका कारण यी सव घटनाक्रम भएका हुन । म पनि संग्लन छु । म पनि जोडिएको छु । नगरपालिकाले लयाटिलाई सौतेनि व्यवहार गर्नुभएन नि ! आम लयाटि वासिको खानेपानि पाउनुपर्ने अधिकार नगरपालिकाले सुनिश्चित गरोस  बुढाले भने ।

फेरि नगरपालिकावाट वजेट विनियोजन भएको छ । मेयर वजेट विनियोजन भएको छैन किन भन्नू भो । नगरपालिकाका मेयर र उपमेयरको घृणित व्यवहारले लयाटिका वासिन्दा आक्रोशित भएर कुलो भत्काउन वाध्य भएका हुन ।

मेयरको ठाडो निर्देशन मा त्यहाका मानिसलाई आन्दोलन गर्न लाईया होनि । आम लयाटि वासिको इन्साफ नगरका मेयर उपमेयरले गर्नुपरो नि । नगरका सवै नागरिकले सुविधा पाउनुपर्छ ।

यो लडाई कुनै वडाअध्यक्षहरुको होईन ,तोलि र लयाटिको पनि होईन । यो मात्र नगरसगको लडाई हो । मेयरले पानी दिनुहुँदैन किन भन्नू भो । चुनाव अगाडिको वचनवद्धतावाट पछि किन हट्नु भो । ध्वस्त भएका संरचना पनि नगरकै हुन । तसर्थ नगरले चाडो निकाश देओस ।नगरपालिकाको ध्यान आकर्षण गर्न चाहान्छु । वडा अध्यक्ष कुल वहादुर वुढाले कुसेन्युजसग गरेको संक्षिप्त्त कुराकानि ।

यो विषयमा नगरपालिका का मेयर देवराज देवकोटा र उपमेयर अम्बिका चलाउनेसग वुझ्न खोज्दा उहाहरु सग सम्पर्क हुन सकेन ।