कर्णाली प्रदेशको राजधानीको कन्तबिजोग : सरकार छ सडक छैन्

यस्तो भन्छ नगरपालिका

सुर्खेत, तपाई कर्णाली प्रदेशरको राजधानी पुग्नु भएको छैन । यदि पुग्नु भयो भने कर्णाली प्रदेशको राजधानीको सडक हिलाम्मे धुलाम्मे भए आश्चार्य नमान्नु होला । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका अधिकांश सडकमा माछा पालन गर्न मिल्ने पोखरी बनेका छन । नगर भित्र आवतजावत गरिने सम्पूर्ण सडकहरु निकै जिर्ण अवस्थामा पुगेका छन् । दिनहुँ झण्डावाला गाडि अगाडि पछाडि साइरण बजाउदै गुडछन तर हिल्लाम्मे सडकको अबस्था कालो सिसाबाट देखिदैन ।

जहाँका सडकका खाल्डामा वर्षातको समयमा पानी जम्मा भएर माछा पालन गर्ने पोखरी जस्ता बनेका छन । संभवत माछाका भुराहरु ल्याएर यी सडकमा छोडिदिए आम्दानीका स्रोत बन्थे होलान । नभए गजबकाे खेति हुन्थ्याे बिरेन्द्रनगर खजुराका रमेश जिएम भन्छन सरकार छ सडक छैन ।

विरेन्द्रनगर नगरपालिका भित्रका मंगलगढी चोकदेखी कात्रेविहारसम्मको सडक , जिल्ला प्रहरी कार्यालय नजिकको सडक , अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नजिकको सडक र नेपाल टेलिकमदेखी प्रदेश सरकारका मन्त्रालय लगायत विनपा भित्रका थुप्रै सडकमा सवारी साधन त के पैदल यात्रा गर्नसम्म निकै सकस भएको छ ।

सडकमा पैदल यात्रा गरिरहेकी बिष्णुमाया मगर भन्छिन सडक नै नबनाउने संघियता जनताले प्राप्त गरेछन ।  अहिले वर्षातको समय भएकोले सडकका खाल्डा खुल्डी हुने ठाउँमा पानि जम्मा भएर स्थानिय वासिन्दालाई आवत जावत गर्न निकै हम्मे – हम्मे भएको छ ।

त्यस्तै विनपा १२ बस्ने स्थानिय बाँसी इन्द्र बहादुर खत्री यसो भभन्छन ‘म कामको शिलसिलामा सँधै औद्योगिक क्षेत्रदेखी लाटिकाेइलीसम्म मोटरसाइकलमा जाने गर्दछुु’ , सो यात्रामा मेरो जिवन र मृत्यु मोलेर यात्रा गरेको महशुस गर्दछु । यी सडकमा यात्रा गर्दा सयौँ पटक लडेको छु  दुखेसो सुनाउँछन । उनिहरूत केहि प्रतिनिधि मुलक पात्र हुन ।

विनपा भित्रका यी खाल्डै खाल्डा परेका सडकमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरु गाडि लिएर हुइकन्छन् । किन देख्दैनन् माछा पोखरी जस्ता खाल्डा खुल्डीहरु ?  के साच्चिकै उनीहरुलाई असहज हुदैन ?  कि त महङगा गाडिहरुका टायर गुड्दैनन् यी सडकमा ? 

कर्णाली प्रदेशको राजधानीका सडकको हालत त यस्तो छ भने राजधानी देखी दुर्गम जिल्लाका सडकको हालत कस्तो होला ? सडक सञ्जाल नजोडियको ठाउँमा सडक निर्माण गर्ने कुरा त आकाशको फल आँखातरी मर भने जस्तै हो  । सम्बन्धित सरोकारवालाको ध्यान जान जरूरत छ । 

सडक बिभाग भन्छ हाम्राे क्षेत्रमा पर्दैन 

कर्णाली प्रदेशमा रहेको सडक बिभाग भन्छ हामिले हेर्ने भनेको हाईवेलाई मात्र हो । कहि कतै जिर्न भए भन्नुहोस हामि बनाउन तयार छौ  । सडक बिभागका सुचना अधिकारी  (ईन्जिनियर) देवेन्द्र भट्टराई  भन्छन हाइवेमा चार ओटा पुल बन्दैछन । नगरभित्रका भित्रिसडक हाम्रो दायरा भित्र पर्दैन ति सडक मर्मत ,निर्माण  गर्ने कार्य भनेको स्थानिय तह वा सहरि बिकासको हो । याे सडक बिभागकाे दायराभित्र पर्दैन । 

यस्तो भन्छ नगरपालिका

बिरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया भण्डारी (ढकाल)  भन्छिन सडक निर्माण , मर्मत गर्नै कार्य तिनओटै तहको हो । कोरोनाको महामारीले निश्चित समयमा काम सम्पन्न हुन सकेन । गुरु योजनाका साथ अघि बढाएका योजनाको काम सम्पन्न हुन अलि समयत लागि हाल्छ ।

नगरभित्र रहेका निर्माण ब्यबसायिहरुले पनि निर्माण कार्यमा ढिला गरेकाे उनकाे भनाइ छ  । ढकाल भन्छिन  हामिले नगरको तर्फबाट घचघचाई रहेका छौ । कयौं सडक मर्मत भइसकेका छन । ढुक्क हुनुहोस तिर्बताको साथ काम भइराखेको छ । चाडै सहजता हुनेछ ।