अछाम जेसिजको आयाेजनामा राहत वितरण

अछाम, जेसिज अछामको आयोजनामा राहत वितरण गरिएको बिहीबार जेसिज अछामको आयोजना, बिआरसी नेपाल/राताे बाल्टी कार्यक्रमकाे आर्थिक सहयाेग र मंगलसेन नगरपालिकाकाे समन्वयमा १०० विपन्न महिलाहरूलाई सहयाेग गरिएको छ ।मंगलसेन नगरपालिका वडा न १३ वस्तिमा कोभिड-१९ का कारण जिविकाेपार्जन गर्न कठिन भईरहेकाे अवस्था एक सय जना महिला, बालबालिकाहरुलाई खाद्यान्नका सामाग्री सहित राहत बाडिएको हो ।अछाम जेसिस बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिको अध्यक्षतामा राहत वितरण कार्यक्रममा मंगलसेन नगरपालिका मेयर पदम बहादुर बोहरा, वडा नम्बर १३ का वडाध्यक्ष प्रेम बहादुर थापा, वडा नम्बर १ का वडाध्यक्ष गोपाल थापा, वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर बोगटी लगाएतको सहभागीता रहेको थियो ।