दाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,   दाङमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ७ जना घोराहीमा ४ महिलासहित ७ जनामा गरी १६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै प्रतिष्ठान मै गरिएको परिक्षणमा प्युठान जिल्लाका ३ महिलासहित ८ जनामा पनि कोरोना पुष्टि भएको छ ।