आज थप ८८५ जना संक्रमित , ३८५ डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

आज १३ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३८५ छ।