समाजसेवाको अग्रपंक्तिमा मरासिनी : जनप्रतिनिधिले गर्न नसकेकाे काम एक्लै गरेपछि

 भालुवाङ, प्युठानमा एक मनकारी ब्यक्तिले पटक-पटक राहत बितरण गर्ने गरेका छन् । प्यूठानका सरुमारानी गाउँपालिकाका युवा समाजसेबी भिमबहादुर मरासिनी “हंसपुरे” ले सरुमारानी गाउँपालिका वडा नम्बर ६ भिँग्री खोलामा आगलागी भै ५ घर जलेर नष्ट भएको खबर पाउँना साथ यातायात नजाने ठाउँ भएपनि बड्डाराबाट पैदल हिडेर पाँच घरपरिवारलाई एक मुष्ट १२ हजार नगद आर्थिक सहयोग गर्नुका साथै १० बण्डल राम्रो खालको कर्कटपाता समेत उपलब्ध गराएका छन् ।

आगलागीबाट सरुमारानी गाउँपालिका वडा नम्बर ६ जुकेपानीका गिरबहादुर पुनको घर पुरै खरानी भएको खबर पाउँना साथ बर्षातको कारण बाटो बिग्रीएकोले यातायात नचल्ने हुँदा प्यूठानको बायखोलाबाट करिब ४ घण्टा पैदल हिडेर घटना स्थल पुगी पिडित पुनलाई २५ किलो चामल लगायतका आवश्यक सम्पूर्ण सामग्री आफ्नो ब्यक्तिगत तर्फबाट राहत प्रदान गरेका छन् ।

यसअघि मरासिनीले सरुमारानी गाउँपालिका भित्र कोरोना महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पटकपटक सेनिटाइजर लूज ग्लोब्स, सर्जिकल मास्क, हात धुने साबुन र सोही गाउँपालिकाको वडा नम्बर ३ र ६ मा गरिब बिपन्न, एकल महिला, बेसाहारा वृद्ध आमा बुवा, अपाङ्ग, दुई छाकटार्न नसक्ने अति बिपन्न परिवारलाई दश किलो चामल, एक पोका नुन, एक किलो दाल, एक लिटर खाने तेल, नुहाउने साबुन साठी घर परिवारलाई खाद्यान्न बितरण गरेका छन् ।

मरासिनी सरुमारानी गाउँपालिका भित्रका एक मात्र लोकप्रिय समाजिक व्यक्ति रहेकाे स्थानीयबासीहरू बताउँछन् ।