कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक जना नेताको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । १३ दिन अघिदेखि ज्वरो र खोकीको समस्या सुरु भएका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए।

निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई भेन्टिलेटर राखेर उपचार हुँदै गरेको अवस्थामा सोमबार राति निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको निधनको काँग्रेस काठमाडौं– २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले पनि पुष्टि गरेका छन्। नेपालसमयबाट