कांग्रेसमा प्रवेश गरेकाहरु पुन ; नेकपामा फर्किए, देउखुरीको मुसोटमा भब्य स्वागत

देउखुरी, नेकपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले विकास र समृद्धि संग जनतालाई जोड्न पार्टी कमिटी परिचालित हुनुपर्ने बताएका छन् ।

  नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ३ वडा कमिटिले मुसोटमा आयोजना गरेको पुर्नमिलन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले जनताको जीवनस्तर उठानैका लागि सरकारले योजनाहरु ल्याएको र ती योजना संग जनतालाई जोड्न पार्टी संगठन परिचालित हुनुपर्ने बताएका थिए ।

‘सन्तुलित आर्थिक विकासको अवधारण अनुसार सरकार अघि बढेको छ । मैले पहिले देखि नै यही अवधारणा अनुसार प्राथमिकताहरु निर्धारण गरेको छु’ उनले भने–‘ठगिएका बस्ती, ठगिएका जनता । कहिल्यै विकास नपुगेको ठाउँ मेरो प्राथमिकता हो । सोही अनुसार काम गरिरहेको छु, सांसद शर्माले भने ।’

नेकपा वडा कमिटीका अध्यक्ष सुमन रोकाको अध्यक्षता तथा प्रदेश सचिवालय सदस्य तथा सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा छाडेर केही समय अघि नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई पुनः नेकपा पार्टीमा स्वागत तथा पुर्नमिलन गराइएको छ ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी घोराही उपमहानगरपालिकाका अध्यक्ष राममणी पाण्डे, जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी, विश्व आचार्य, वसन्तराज अधिकार(विश्व) लगायतको बिशेष उपस्थितीमा कार्यक्रम गरिएको हो । भिमबहादुर पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव रामबहादुर केसीले गरेका थिए ।