निषेधाज्ञाको पाचौँ दिन यस्तो देखिन्थ्यो कर्णाली चिसापानी (फोटोफिचर)

धनगढी, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि कैलालीमा जारी निषेधाज्ञाको पाँचाैँ दिन सुनसान देखिएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि जारी भएको निषेधाज्ञाको पाँचाैँ दिन कैलालीका सडकहरु सुनसानप्राय देखिएका छन । कर्णाली चिसापानीदेखि लम्की सडकखन्डमा अत्यावश्यक बाहेकका सवारी साधन मात्रै सडकमा फाटफुट देखिएका छन ।

एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका छन ।