गुर्भाकोटमा बिभिन्न पार्टी परित्याग गरेर ७५ जना नेकपा प्रवेश

सुर्खेत, गुर्भाकोट नगरपालिका  ७५ जनाले बिभिन्न पार्टी परित्याग गरेर नेकपा प्रबेश गरेका छन । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि पूर्व वडा सदस्य भद्र बहादुर सुनार, भिम बहादुर घर्ती, प्रकाश भाट, मिन बहादुर परियार, कृष्ण परियार, चन्दन परियार लगायत ७५ जना स्थानीयले नेकपा प्रवेश गरेका हुन ।

वडा नं. ७ को कोप्चीमा योजना निरिक्षणमा पुगेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेताहरुले ७५ जनलाइ प्रबेश गराएका हुन । प्रतिनीधि सभा सांसद ध्रुव कुमार शाही, प्रदेश सभा सदस्य ठम्मर विष्ट, नेकपा नेता डण्डीप्रसाद शर्मा, टेकेन्द्र कुमार बस्नेत सहितका नेताहरु विकास निर्माणको योजना निरिक्षणमा पुगेका थिए  ।

संसद विकास कोष, प्रदेश सांसद विकास कोषबाट निर्माण गरिएका विकास निर्माण योजनाको निरिक्षण गरेर फर्किने योजना थियो । नेकपाका प्रभावशाली नेताहरु गाउँ टोलमै देखेपछि स्थानीयले पार्टी प्रवेशको स्वतस्फूर्त रुपमा कार्यक्रम समेत बनाए । योजना निरिक्षणमा पुगेको नेकपा नेताहरुको टोलीले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नेहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि पूर्व वडा सदस्य भद्र बहादुर सुनार, भिम बहादुर घर्ती, प्रकाश भाट, मिन बहादुर परियार, कृष्ण परियार, चन्दन परियार लगायत ७५ जना स्थानीयले नेकपा प्रवेश गरेका थिए  । नव प्रवेशीहरुलाई अविल तथा माला लगाउँदै नेताहरुले जनताको पार्टी नेकपा नै भएकाले सबै जनता यसैमा गोलबन्द भएर समाजवाद आउने बताएका थिए ।