सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५,४६३

धनगढी, सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७ जनाकाे कोरोना रिपाेर्ट पाेजिटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आर्मी क्याम्पका १ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।