बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

नेपालगन्ज, बाँकेमा  थप ६ जनामा काेराेना संक्रमण देखिएको छ । भेरि अस्पताल र वागेश्वरि डाईग्नाेष्टिकमा गरिएकाे परिक्षण ६ जनालाई संक्रमण देखिएकाे हाे ।

स्वास्थ्य कार्यालय बाँकेका फाेेकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरि ल्यावमा काेहलपुरका २ र नेपालगन्जका २ तथा वागेश्वरि डाईग्नाेष्टिककाे परिक्षणमा नेपालगन्जका २ जनामा संक्रमण देखिएकाे हाे ।

याे संगै साेमबारसम्म बाँकेका ८३५ जनामा संक्रमण पुष्टि भएकाे छ ।