गण्डकी प्रदेशमा सेना र प्रहरीसहित ८ जनामा कोरोना संक्रमण

पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा विभिन्न पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी सूस्ता पूर्वका २, तनहुँका २, बाग्लुङका २, म्याग्दीका १ र स्याङ्जाका १ जना रहेका छन् । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।

संक्रमितमध्ये स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको १ जना र तनहुँ जिल्ला ब्यास नगरपालिकाको १ जना गरि २ जना नेपाल आर्मीमा कार्यरत छन् भने म्याग्दी जिल्ला, बेनी नगरपालिकाको १ जना संक्रमित नेपाल प्रहरीमा कार्यरत छन् ।

सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक हजार ८ सय ८८ पुगेको छ ।