काठमाडौं उपत्यकामा थपिए २२४ जनामा कोरोना संक्रमित

काठमाडौं, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसरा उपत्यकाका काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो ।