पचालझरनाको पहलमा बाढि पहिरोका कारण अबरुद्ध सडक सुचारु

कालीकोट, पचालझरना गाउँपालिकाको पहलमा शुरु भएको अबरुद्ध सडकको मर्मत कार्य आज फुगाडसम्म पुगेको छ । गएको साउन दोस्रो साता आएको बाढि पहिराेका कारण अबरुद्ध कर्णाली  करिडोरको लालिघाटदेखि पलांताको घाटाचौरसम्म ठाउँ ठाउँमा पहिरो गएपछि कामको थालनी गरिएको थियो ।

पचालझरना गाउँ पालिकाका कार्यवाहक अध्यक्ष लोकजंग कठायतका अनुसार लाफादेखि फुगाडसम्मको बाटो मर्मतको काम शुरु गरिएको बताइएकाे छ । उनले आफुहरुले तेल हालेर डोजरलाई प्रतिघण्टा ६ हजारमा काम शुरु गरिएको बताउदै पचालझरना गाउँ पालिकाबाट पलांता सम्म पुग्ने घाटाचौरको सडक मर्मत गर्ने समेत बताउनु भयो ।

लगातारको काम पछि आज फुगाड खोलासम्म डोजरले काम सम्पन्न गरेको र लाफा देखि घाटाचौर सम्मको काम थालनि हुने पचालझरना गाउँपालिकाले जनाएको छ ।

अहिले शान्तिघाट देखि फुगाढ सम्म जिपहरु संचालनमा आएका छन भने पलांताको घाटाचौर सम्म मोटरसाइकल संचालनमा आएको बताइएको छ । सडक मर्मतको पचालझरना गाउँ पालिका र पलांता गाउँ पालिकाको सयुंक्त लगानि हुने बताइएको छ । कर्नालीसञ्चारबाट