प्रसुती गृहमा चिकित्सकसहित ८ जना कोरोना संक्रमित

काठमाडौं , थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले बताएको छ ।

अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा संगीता मिश्रले जानकारी दिइन् ।