थारु समुदायको अट्वारी पर्वमा प्रदेश ५ सरकारले दियो सार्वजनिक बिदा

थारूहरूले धुमधामका साथ अट्वारी पर्व मनाउँदै

दाङ, थारु समुदायले आज वड्का अट्वारी पर्व धुमधामका साथ मनाउँदै छन् । यो पर्व दाङ सहित तराई क्षेत्रमा रहेका थारु समुदायले मनाउने गर्दछन् ।

अट्वारीको अघिल्नो दिन दर खाने चलन छ । त्यस पछि आईतवारको दिन ब्रत बसेकाहरुकाले बेलुकी पख नजिकै लजाशयमा गएर स्नान गर्ने परम्परा छ ।पर्वको अवसरमा पाँच नम्वर प्रदेश सरकारले दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको गएको बैशाख १० गते बसेको बैठकले थारु समुदायको बाहुल्यता भएको जिल्लामा बिदा दिने निर्णय गरेको थियो ।हरेक वर्ष कृष्णजन्माष्टमी अर्थात अष्टिम्की पछिको दोस्रो आईतवार अर्थात कुसेऔसी पछिको पहिलो आईतवार यो पर्व मनाउने गरिन्छ ।