वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको अस्पतालले जनाएको छ । गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

थाइराइडको विरामी रहेकी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।