रौतहटको बागमती नदीले तीन बालिका बगायो

रौतहट, आइतबार बागमती नदीमा नुहाउन गएका तीन बालिकालाई बगाएको छ । दिउँसो बागमती नदीमा नुहाउन गएका उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ ।

रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरका भदै मुखियाकी दश वर्षीया छोरी पिंकुकुमारी मुखिया, सोही स्थानका लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही स्थानकै छट्टु मुखियाको १० वर्षीया छोरी चञ्चलकुमारी मुखिया बागमतीमा बगेको प्रहरीले जनाएको छ ।

उनीहरू नुहाउने क्रममा बागमतीमा बेपत्ता भएको खबर प्राप्त हुना साथ खोजबिनका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।प्रहरीका अनुसार उनीहरूको अहिले खोजी भइरहेको छ ।